• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

एयर इण्डियाको यात्रुवाहक जेट अवतरणका क्रममा केरलामा दुर्घटनाग्रस्त

नयाँ दिल्ली । संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एयर इण्डिया  एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

 

विमानमा चालकदलका सदस्यसहित १९१ जना भएको बताइएको छ। क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन्।

 

तर कति मानिस हताहत भए भन्ने स्पष्ट भइसकेको छैन। पाइलट सहित ११ जनाको ज्यान गएको बीबीसीलाई बताइएको छ। स्थानीय समयानुसार साँझ दुर्घटना भएपछि उद्धारकार्य थालिएको थियो। सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार