• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

क्रियाशील सदस्यता बढाउने कांग्रेसको तयारी  

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ । कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ । 

 

बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्यतालाई बढाएर १० लाख पुर्‍याउने तयारी गरेको हो ।

 

बैठकमा म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप, १४औं महाधिवेशनको क्रियाशील सदस्यता छानबिन गर्न बनाइने समिति, पार्टीका रिक्त विभाग तथा विभागको भागबन्डाको विषयमा समेत छलफल भएको छ ।

 

यस्तै, अन्य पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताको समायोजनका विषयमा समेत बैठकमा छलफल भएको छ । यसैगरी, आगामी केन्द्रीय समिति बैठकबाट क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउने विषयमा समेत नेताहरूबीच छलफल भएको छ ।

 

बिहीबार भएको शीर्ष तहको छलफलमै समितिमा रहने नेताहरूको नाम दिन सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार