• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

यी हुन्, मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले काभ्रेका डा.उप्रेतीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

यस्तै रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुननिमार्ण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार जानकारी दिए ।

 

उनका अनुसार बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार