• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

तत्काल देशभर ‘लकडाउन’ हुँदैन : मन्त्री खतिवडा

काठमाडौं, साउन २२ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पारेका छन् ।

 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री .खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउका हुन । डा.खतिवडाले अहिलेपनि दुई दर्जनभन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताए ।

 

उनले कोरोना संक्रमणको जोखिम कम गर्न कडाइ गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्नेगरी बीचको बाटो अपनाउने बताए। यद्यपि, संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनको भनाइ थियो । यस्तै, विदेशमा अलपत्र परेका व्यक्तिलाईमात्रै उद्धार गर्नेगरी हवाई उडानको व्यवस्था गरिने पनि उनले बताए ।

 

काठमाडौं उपत्यकाभित्रको बढ्दो संक्रमण जोखिम र त्योपनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखिम भएको हुनाले केही कदमहरु चाल्न सुरु गरिएको उनले जानकारी दिए । जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह पनि गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार