• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

अहिले पनि पत्रकारितामा महिला माथी दुरव्यवहार हुन्छ : वर्षा महर्जन

शैली संवाद

न्युजरुममा महिला पत्रकारको अवस्था कस्तो छ ? 
हरेक क्षेत्रमा महिलाहरु संख्यात्मक रुपले कमै देखिन्छ। पत्रकारिता पेशामा पनि त्यही स्थिती छ। यहाँ बीस देखि तीस वर्ष उमेर समुहको महिलाहरु धेरै छन् । तर यो पनि बिवाहपछि पत्रकारितामा महिलाहरुको संख्या धेरै कम हुने गरेको छ । समाचारको स्रोतका लागि महिला पत्रकारहरु कम नै छ जस्तो लाग्छ। 

 

पत्रकारिता क्षेत्रमा महिलामाथी दुरव्यवहारका घटना कत्तिको भएको देख्नुहुन्छ ?
दुरव्यवहार प्रत्येक क्षेत्रमा छ , कतिले भोग्नु पनि भएको छ। अझै मीटुले पनि धेरै भएको छ ।  मेरो हकमा मैले भोगेको छैन। फेरि मैले भोगेको छैन भन्दैमा सबैतिर ठिक छ भन्ने पनि होइन । धेरै महिलाहरुले भोगेको हुनुपर्छ । 

 

रंगमञ्चलाई मिडियाले कत्तिको ठाउँ दिएको छ जस्तो लाग्छ ?
मलाई मिडियाको पहिलो प्राथमिकता भनेको नै राजनीति हो जस्तो लाग्छ । तर पछिल्लो केही समय चलचित्र, रंगमञ्च, कलासाहित्यको लागि पनि ठाउँ दिन थालिएको छ। यसमा कसले लेखेको छ भन्ने कुराले पनि प्रभाव पार्छ जस्तो मलाई लाग्छ । 

 

तपाईले कलासाहित्य नै रोज्नुको कारण चाँही के थियो ? 
यहाँ चलचित्र क्षेत्रका समाचारहरु पढ्न चाहने, कलाकारहरुको बारेमा जान्न चाहने पाठकहरु धेरै छन् । फेरी रंगमञ्चको बारेमा धेरैलाई थाहा नभएकोले यो संग सम्बन्धित समाचार आएको पनि देखिन्छ। मलाई शुरुबाट नै यो क्षत्रेमा रुची भएको हुनाले पनि हुन सक्छ ।

 

परिवार र अन्य सहकर्मीहरुको सहयोग कत्तिको छ ?
परिवारको सहयोग त छदैछ। काम गर्ने ठाउँमा पनि सबैले सहयोग गर्नुहहुन्छ किनभने पत्रकारिता भनेको एउटा टिमवर्क हो। 

 

पत्रकारिता गरेर जिविकापार्जन चल्छ त ? 
यदी तपाई आफनो कामबाट सन्तुष्ट हुनुहुन्छ भने जिविकापार्जन चलाउन केही गाह्रो हुँदैन । अहिले पत्रकारितामा पनि पैसा पाइन्छ । आफनो मेहिनतको पारिश्रमिक पाइन्छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार