• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकालको लागि पुन : रमेश राज अर्यालयलाई नियुक्त गरेको छ । 

 

बैंकको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो । बैंकले असोज १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि अर्याललाई नियुक्ति गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  

 

अर्याल गत २०७३ असोज १ गते उक्त बैंकको सीइओ पदमा नियुक्त भएका हुन । त्यसअघि अर्याल सोही बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत रहेका थिए । अर्याल एनसीसी बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार