• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

भारतमा कोरोनाले ३८ हजार ९ सय ३८ को मृत्यु,संक्रमितको संख्या १८ लाख बढी

काठमाडौं । कडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या उच्च भएको छ । भारतमा कोरोनाका कारण ३८ हजार ९३८ को मृत्यु भएको छ । 


मंगलबार भारतमा ५२ हजार ५० कोरोना संक्रमित थपिएका छन् भने ८ सय ३ जनाको मृत्यु भएको छ । 

 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।  

 

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार