• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

पर्सामा मृत्यु भएको महिलामा कोरोना पुष्टि, देशभर मृत्यु हुनेको संख्या ५९ पुग्यो

पर्सा । पर्सामा सोमबार मृत्यु भएको महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 

पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको थियो । उनलाई पखाला लागेको थियो । महिलाको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटो मै मृत्यु भएको थियो ।

 

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा गयराति उनको रिपोर्ट पोजेटिभ आएको छ । ती युवतीको घर पोखरिया–८ जगतपुर हो । उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भइसकेको छ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार