• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

सर्लाहीमा साउन २७ सम्म निषेधाज्ञा जारी

जनकपुर । सर्लाहीमा बुधबार बिहान छ बजेदेखि लागु हुनेगरी साउन २७ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा अति आवश्यक बाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको हो।

 

लकडाउन खुकुलो भएसँगै सर्लाहीका हाट बजार, भिडभाड, मानिसको आवातजावत, सार्वजनिक र निजी यातायात निर्वाधरुपमा चल्न थालेपछि कोरोना संक्रमणको सम्भावनालाई ध्यानमा राखी लकडाउन जारी गरिएको प्रजिअ सुरेन्द्र पौडेलले बताए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम सर्लाही जिल्लाभर लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय, सर्लाहीले चार बुँदे आदेश जारी गरेको छ ।

 

लकडाउन अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ ।

 

अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दूध बोक्ने र खाद्यान वस्तु बोक्ने सवारी साधन, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार