• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

काठमाडौंमा ६२ सहित २५९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार ९

काठमाडौं । मंगलबार उपत्यकामा ६२ सहित २५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 

काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेसँगै देशभर संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

 

यस्तै हालसम्म १५ हजार २६ जना कोरोनामुक्त भएका छन् । अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन् ।

 

हालसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन् । यो संगै कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार