• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । 

 

विराटनगर स्थित कोशी अस्पतालमा विराटनगर ५ का एक ७७ बर्षीय पुरुषको मृत्यु भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनी सोमवार बिहान १० बजे अस्पतालमा भर्ना गरिएको थियो ।

 

अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको र उनको रिपोर्ट पोजेटिभ आएको थियो। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिए । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार