• शनिबार ६-१०-२०७७/Saturday 09-26-2020
रंगमञ्च

लेखकले आफ्नो धर्म छाड्नु हुँदैन : कुमारी लामा

शैली संवाद 

नेपाली  साहित्य जगतमा निबन्धको माहोल कस्तो छ ?  
निबन्ध लेखनको माहोल भन्दाखेरी यतिखेर निबन्धको हाँगाबिगाँ फैलिएको अवस्था छ। चिन्तन प्रधान निवन्धहरु कम भएको हो कि भन्ने लाग्छ। तर यात्रा, संस्मरणात्मक निबन्ध आईनैरहेका छन। 

 

तपाईले महिला र सिमान्तकृत समुदायको बारेमा बढी कलम चलाउनु हुन्छ, किन ?
जो आवाजबिहिन छन् । सबैले सबैकुरा बोल्न सक्दैनन् । यस्तो परिवेशमा लेखकले बोलिदिनुपर्छ। म महिला मात्र नभएर आम सिमान्तकृत समुहको बारेमा लेखिरहेकी हुन्छु। दलित, मधेसी, जनजाति सबैको बारेमा मेरो कमल चल्ने गर्छ।

 

तपाईले जसका लागि लेख्नुभएको हो, त्यो ती समुदायसम्म पुगेको छ त ?
यो एउटा गम्भीर प्रश्न हो। तर हामीले बोल्नै छोड्नु पनि त भएन। हामीले आफ्नो काम जारी राख्नुपरेको छ । समुदायले सुन्दैन वा त्यहाँसम्म आवाज पुग्दैन भन्दैमा लेखकले आफ्नो धर्म छोड्नु हुँदैन ।

 

तपाई त फिरन्ते लेखिका हो भन्छन् ? तपाई कोठा मै बसेर लेख्न सक्नुहुन्न ?
मेरो बिधा गैरआख्यान हो। म लेखिका भएकाले कल्पनामा लेख्नै नसक्ने त होइन। तर मेरो बिधामा धेरै कल्पना गरेर लेख्न छुट छैन। हामीले लेख्ने बिषयले स्पष्ट समाजको चित्रण हुनुपर्छ। त्यसले माटोको सुगन्ध दिनुपर्छ। ठाउँमा पुगेर, बुझेर, अध्ययन अनुसन्धान गरेर लेख्नु र कोठामै बसेर कल्पना गरेर लेख्नुमा धेरै फरक हुन्छ। 

 

कोभिड पछिको लेखकीय प्रवृत्ति कहाँ पुगेको छ ?
यसले बिश्वब्यापी रूपमा भय फैलाइएको छ। यसबाट कोहि अछुतो छैन। यसले नयाँ चरणबाट सबैलाई सोच्नुपर्ने अवस्थाको सृजना गरेको छ।  साहित्यमा यसले  केही न केही नयाँ चरणको प्रवेश गराउने छ। हामी सकारात्मक परिवर्तन तीरै जानुपर्छ भन्ने मेरो बिश्वास छ।

 

महिलाले खाली घरभित्रका कुरा मात्र लेखे, भन्ने आरोप आउँछ नि, के भन्नुहुन्छ ?
यो आरोप मात्र हो। किन महिलाको बारेमा लेख्नुहुदैन र यो त महिलाको इतिहास हो । समाजको यथार्थ चित्रण हो। महिलाले आफ्नो बिषयमा लेख्दा सहि र यथार्थ कुरा आउँछन् । तर म यो पनि मान्दिन महिलाको बिषयमा मात्र लेख्छन, त्यो सत्य होईन। महिलाले विभिन्न बिषयमा कमल चलाएका छन् , चलाउन सक्छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार