• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

मिडिया लिटरेसी निबन्ध प्रतियोगितामा रोजिता भईन प्रथम

काठमाडौं । शैली थियटर र नेपाल वातावरण पत्रकार समूहको नयाँपुस्ता कार्यक्रमले संयुक्त रूपमा आयोजनामा गरेको राष्ट्रिय निबन्ध प्रतियोगिताको विजेता सार्वजनिक गरिएको छ।  मिडिया साक्षरता बिषयको यस  निबन्ध प्रतियोगितामा नेपालको ७ वटा प्रदेशबाट बिद्यार्थीले सहभागीता जनाएका थिए ।

 

आज सार्वजनिक गरिएको  प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुल कक्षा ११ का रोजिता आचार्य क्षेत्री पहिलो भएको छिन् । यस्तै प्रतियोगितामा महेश संस्कृत गुरूकुल : देवघाट तनहुँका कक्षा दशमा अध्ययनरत्  प्रविण नेपाल दोश्रो भए भने पञ्चोदय मावि धनगढी कैलालीका पवन भट्ट तेश्रो भएका थिए ।

 

नेपाली बालबालिकलाई मिडिया लिटरेसीका बारेमा कति जानकारी छ र उनीहरूमा आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने क्षमता बुझ्नका लागि द नेदरल्याण्ड्सको द फ्रि प्रेस अनलिमिटेडको सहयोगमा प्रतियोगित आयोजना गरिएको थियो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार