• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उनलाई मेदान्त अस्पताल भर्ना गरिएको छ ।

 

गृहमन्त्री शाहले  ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । कोरोना संक्रमणका सुरुवाती लक्षणहरु देखिएपछि आफूले परीक्षण गराएको उनले बताएका छन् ।

 

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको तर चिकित्सकहरुको सल्लाह अनुसार आफु अस्पतालमा भर्ना भएको उनले बताएका छन् । हालैका दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुले आफूलाई आइसोलेट गर्न र परीक्षण गराउन उनले अनुरोध पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार