कोरोना निको भएर घर फर्किए बलिउड अभिनेता अमिताभ बच्चन
काठमाडौं । बलिवुड सुपरस्टार अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किएका छन् । आइतबारको कोराना परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको बच्चनले ट्विटरमार्फत जनाएका थिए ।
आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नो लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् ।
गएको महिना कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अमिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । एजेन्सी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस