• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायक परियारको 'नाचें फिरिरी' सार्वजनिक

काठमाडौं ।  गायक शिव परियारको नयाँ गीत “नाचें फिरिरी” को भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा डाक्टर चन्द्र गिरिको शब्द रहेको छ भने  दीपक शर्माले संगीत दिएका छन्। गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

 

गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाँकन भएको गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्सन गरेका छन् ।

 

गीतमा जुम्ल्याहा दिदिबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा  ‘बले’  सागर लम्सालले अभिनय गरेका छन् ।

 

‘क्या दामी भो‘’ र ‘पिलायो साथी‘’ले जस्ता चर्चित गीत गाएका गायक परियारले अब  ‘नाचेँ फिरिरि‘’लाई संसारभरका दर्शकले अवश्य रुचाउनेमा गायक परियार ढुक्क छन् । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार