• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

कोरोना संक्रमणकाबाट भारतमा एक मन्त्रीको निधन

काठमाडौं । भारतमा एक मन्त्रीको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो ।


उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आज (आइतबार) बिहान निधन भएको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् ।

 

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्या जाने कार्यक्रमसमेत स्थगीत गर्दै मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री  थिइन् ।

 

गत वर्ष मात्र उनलाई मन्त्री बनेकी कमलालाई २०१७ मा भारतीय जनता पार्टीले कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन् ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार