• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

झन महंगीयो सुन

काठमाडौं । आइतबार सुनको मूल्य तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । तोलामा ३ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुनसँगै तेजाबी सुनको मूल्य पनि प्रतितोला २९५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । 

 

आइतबार भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनचाँदीको मूल्य भने दिनदिनै उकालो लागिरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार