• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० को मृत्यु

काठमाडौं । भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ।

 

'करीचेड' नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ। जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए।

 

उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए। 'ती स्यानिटाइजरमा अन्य विषालु पदार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ,' उनले पत्रकारहरूलाई बताए।

 

स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए। 'कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पिएका थिए,' उनले रोयटर्स समाचार संस्थालाई बताए। 'लकडाउनका कारण रक्सी उपलब्ध छैन। तर स्यानिटाइजर भने सजिलै पाइन्छन्।' बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार