• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, हवाई इन्धन र ग्यासको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।

 

काठमाडौंको लागि अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन । 

 

निगमले अहिलेको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर वीरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार