• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सञ्चारकर्मी कुमारको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’ को छायांकन शुरु

काठमाडौं । लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ ।

 

केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरु गरेका छन् । यही क्रममा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’को छायांकन शुरु भएको छ ।

 

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानाको अभिनय रहनेछ ।

 

काठमाडौंका विभिन्न स्थानमा छायांकन हुने टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह (सिम्रन) को गायन छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार