• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थपिए ३१५ संक्रमित, कुल संक्रमित संख्या २० हजार ८७

काठमाडौ । आज थप ३१५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । हाल पाँच हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २० हजार ८७ पुगेको छ । पछिल्लो चौबिस घण्टामा जम्मा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

 

हालसम्म नेपालमा ३ लाख ८२ हजार ४ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर क्वारेन्टिनमा रहेकाहरुको संख्या ११ हजार ५ सय ३३ छ ।

 

यस्तै पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार