• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

जीपी फउण्डेशन अमेरिकाको आयोजनमा स्वास्थ्यकर्मीहरुलाई निःशुल्क खाना प्रदान

काठमाडौं । कोभिड-१९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले यसै फाउण्डेशनले निःशुल्क खाधान्न वितरण कार्यक्रम गर्दै आएको सबैलाई सबैमा अवगत नै छ । 

 

हिजो शुक्रवार  गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कको क्वीन्स हस्पिटल सेन्टरका स्वास्थ्यकर्मीहरुलाई नि : शुल्क ताजा खाना प्रदान गरेको छ। न्युयोर्क राज्यका सेनेटर जन सी लियुले कार्यक्रमको उद्वघाटन गर्दै क्वीन्स हसपिटल सेन्टरका सीईओ ईजरायल रोचालाई दुईसय बिरयानी हस्तान्तरण गरे। टेस्ट अफ लाहोर रेस्टुरेन्ट की संचालक रेखा श्रेष्ठले दुईसय बक्स बिरयानी, दुईसय बोतल पानी र दुईवटा जम्बो खरबुजा प्रदान गरेका थिए।

 

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको आयोजन र सीनेटर जन सि.लियुको सहयोगमा कार्यक्रम गरेको जानकारी फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए।

 

फाउण्डेशनको निःशुल्क खाना वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सिंखडा स्वयंसेवीहरु क्रमशः ने.का. युवानेता प्रेम क्षेत्री, अनिल पाण्डे, प्रेमलाल बुढा मगर, लक्ष्मण पुन, रेशम राणा, पंकज सुब्बा लगायत कार्यक्रममा हात बटाएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार