• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा

दमौली । पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

 

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

 

पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार