• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

कविता : छाल

तिम्रो हुन्न खै ! सिमा
कति खेर लाग्छ मन
के थियो र दुश्मनी
तिम्रो किनारसँग
एउटै हुन्न तिम्रो बाटो
एउटै हुन्न लक्ष्य 
एउटै हुन्न चाहना
एउटै हुन्न वाहना
पीरमा परेको किनारलाई
झनै झड्का दिन्छौ 
सोच्दैनौ अलिकति 
मायाको भावले


छाल तिमी कति निष्ठुरी
नाम आउँछ गीतमा तिम्रो
नाम आउँछ कवितामा
गर्दै वर्णन गीतकारले
गर्दै वर्णन कविले
तिम्रो हरेक पक्षमा
लगाउँदै खोट 


छाल तिमीलाई 
सुनामी बनेर आउँछौ जान्छौ
चिनिन्छौ बिश्वमा
हिर्काउछौ करोडौको छातीमा
लिन्छौ ज्यान
दिन्छौ पीडा


छाल तिमी 
कहिले जापान
पुग्यौ तिमी सुमात्रा
हुदै क्रकताउ एन्शुनाडा
नानकाईदो सानरिकु
कहिले लिस्बन 

 

बिछोडमा कतिको बन्यौ बिम्ब
कतिले दिए उपमा 
बिचरा तिम्रो के दोष
निर्देशन त अर्केको
परिदिँदा पानी 
बन्छौ छाल


नहुँदा के को चाल
गुनासो छैन प्रिय छाल
तिमीले गर्दा नआओस् काल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार