• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

चार मुक्तक

१.
खुत्रुके माया 
संगाली राख
फोर्नै पर्छ र ।
गुन्द्रुके माया 
सडाइ राख 
सुक्नै पर्छ र । 

 

२.
पहाड पहिरो
बास बसोबास
उढिबास खात ओढेर
सासको लम्पसार । 
कटाड बाढी
खिस्सा खलास
कढबाँस खाट चढेर
लाटाको संसार । 

 

३.
पहाड तिम्रो खोंच
फाँट,तिम्रो लोच
उचाईको गहिराई
गहिराईको उचाई
पुडकेको अग्लो खोज
अग्लेको पुडके सोच ।

 

४.
मत मतान्तर
जन्मभुमिको चुलिन्छ
राम ! ह्रदय भित्र 
जन्माई दिँदा के हुन्छ ? 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार