• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

बलिउड नायिका-आमाको स्तनपान अनुभव   

काठमाडौं । आमाले आफ्ना सन्तानलाई माया र ममता देखाउने तरिका असिमित छन ।  तर ती मध्य आमाले आफ्ना सन्तानलाई गराउने  स्तनपान त्यो अदभुत क्षमता हो जसले बच्चालाई चाहिने शक्ति र पोषण दिन्छ । अगस्ट १ देखि बिश्वभर बिभिन्न कार्यक्रम गरि स्तनपान सप्ताह सुरु गरिँदैछ । यस क्रममा बिभिन्न महिलाहरुले आफु आमा हुँदाको अनुभव सुनाउने र चेतना फैलाउने कार्य  गर्छन । यस क्रममा बलिउड नायिकाहरुले पनि आफु आमा हुँदाको र स्तनपान गराउँदाको अनुभव बिभिन्न माध्यमबाट सुनाएका छन् । यो कुरा उनीहरु सामाजिक संजाल र बिभिन्न कार्यक्रम वा अन्तर्वार्तामा सार्वजनिक रुपमा नै सुनाउँदै आएका छन् । 

 

यही क्रममा बलिउड नायिकाहरुले आफनो सुखद अनुभव मात्र होइन निकै धेरै चुनौती र समस्याहरुबाट पनि गुज्रिएको बताएका छन् । फिल्ममा क्यारियर हुँदाहुदै आमा बन्नु अनि बर्षौसम्म कामबिहिन हुनु, आफ्नो शरीरलाई सन्तुलनमा राख्नु एउटा चुनौती हुन्छ भने अर्कोतिर आफ्नो बच्चाको स्वास्थ्य सन्तुलनमा ख्याल गरिरहनुपर्ने कुरा पनि एउटा चुनौती नै बन्ने गरेको छ । उनीहरुका अनुसार सन्तान जन्माउनु र हुर्काउनु जीवनको उत्कृष्ट अनुभव र सिक्ने अवसर हो । 

 

नेहा धुपिया 
नेहाले इन्स्टाग्राममा आफ्नो बच्चासंगको फोटो राख्दै स्तनपान गराउँदा भोगेको संघर्षको कथा सुनाएकी छिन् । साढे एकबर्ष भएकी मेहर कि आमा नेहा भन्छिन,'मैले मेहरलाई ६ महिनासम्म पर्याप्त मात्रामा स्तनपान गराएँ र त्यसपछि पनि निरन्तरता दिँदैछु ।' यी नायिकाले आफू गर्भवती हुँदा र आमा हुँदाको  अनुभव सामाजिक संजालमा प्रस्ट रुपमा राख्ने गर्छिन । उनी भर्खरै बनेका नव-आमाहरुलाई प्रयाप्त सुबिधाको अभाव हुने र स्तनपान बारे समाजले राख्ने धारणा बारे स्पष्ट अभिव्यक्ति दिने गर्छिन । एक पटक उनी हवाईजहाजबाट यात्रा गर्ने क्रममा आफ्नो छोरीलाई स्तनपान गराउन शौचालय प्रयोग गरेको स्मरण गर्छिन । छोरीलाई खुवाए पछि  बाहिर निस्कदै शौचालय धेरै समय  प्रयोग गरेकोमा माफी मागिन। अहिले उनलाई त्यसो गर्नुपरेकोमा दुख लाग्छ । सार्वजनिक स्थानमा स्तनपान खुला रुपमा गराउन पाउनु पर्ने धारणा छ उनको । उनका लागि स्तनपान अति सुन्दर र आवश्यक काम हो । नेहाले महिलाहरुलाई स्तनपान गराउँदाको संघर्षको कथा बाड्न आग्रह गरेकी छिन् । 

 

लारा दत्त 
लारालाई आफनो छोरी एकदमै चाडो ठुली भए जस्तो लाग्छ । साइरा ७ बर्ष कि भईन र लाराले आफ्नो  सुन्दरतालाई पुरानै शैलीमा कायम राख्न थालेकी छिन् । तर लाराले आफ्नो सन्तान प्राप्त गरेपछि आफ्नो शरीरमा भन्दा पनि छोरीको स्वाथ्यमा ध्यान दिएको उनको अनुभव छ । उनले निरन्तर स्तनपान गराइन । उनका अनुसार उनको त्यस कार्यले साइरामा रोगसंग लड्ने शक्ति बढेको छ । त्यस कार्यले गर्भवती हुँदा बढेको उनको वजन कम गर्न पनि सहयोग भयो । उनी अहिले पनि धेरै कार्यक्रममा स्तनपान गराउन प्रेरित गर्ने गर्छिन। उनी भन्छिन, 'आमा हुनु महिलाहरुको जीवनको सुन्दर पाटो हो । आमा भएको अनुभवको कारण म ती सबै नयाँ र हुन लागेका आमाहरुलाई स्तनपानको महत्त्व बुझाउन सहयोग गर्न  चाहन्छु । व्यायाम, खानपिनको सन्तुलन र स्तनपानले मलाई आफ्नो मोटोपन कम गर्न सहयोग गरेको थियो । स्तनपानले मलाई छोरीसंग नजिक हुन पनि सहयोग गर्यो ।'

 

ऐश्वर्या राय बच्चन
ऐश्वर्या कि छोरी आराध्या ८ बर्ष पुग्न लागिन तर आमाको निम्ति उनी जन्मेको दिन केहि दिन अघि जस्तो लाग्छ । बिश्व सुन्दरी अनि चर्चित नायिका बन्दै आफ्नो कला र सुन्दरताले बलिउड राज गरेकी ऐश्वर्य आमा बनेपछि वजन बढाएको भन्दै आरोपित भइन । बिभिन्न मानिसहरु उनको बिरुद्द बोलिरहँदा उनी भने आफ्नो छोरी प्रति केन्द्रित थिइन । उनले छोरीलाई निरन्तर लामो समयसम्म स्तनपान गराइन र छोरीलाई पुग्ने गरि पोषणयुक्त खाना खुवाईन । यसको निम्ति उनले आफु मोटाएको वा खराब शारीरिक रुपान्तरण भएकोमा नआत्तिएको बताएकी छिन् । उनले बलिउडमा फर्किनका निम्ती हतारहतारमा छोरीलाई स्तनपान रोक्ने वा अनावश्यक व्यायम वा डाइटमा जाने गरिनन् ।  बरु धेरै समय छोरीको लागि खर्च गरिन । मातृत्वको चमक नै सबैभन्दा सुन्दर सजावट हुने धारणाका साथ स्तनपान उनको प्राथमिकता बन्यो ।


करिश्मा कपुर 
करिश्मा आमा बने पनि आफुलाई यो खाने त्यो नखाने वा मोटोपन घटाउन व्यायाम गर्नुपर्छ भन्ने कुरामा बढी जोड दिईनन् ।  उनले स्वस्थ खानेकुरा खाइन । बच्चा भएपछि उनले दूधका सामग्री, सुप, सलाद र प्रोटिन दिने खाने कुरा खाइन । उनले धेरै मात्रमा कुखुराको मासु र माछा खाइन् । उनी आफ्नो  अनुभव सुनाउँदै भन्छिन, 'प्राय महिलाहरु गर्भवती हुँदा यो खाने त्यो नखाने भन्ने चलन छ । अनि बच्चा भएपछि बढेको तौल कम गर्ने नाममा पोषणयुक्त खानेकुरा नखाने प्रचलन पनि हुनेगर्छ । तर तपाईले आफ्नो सन्तानलाई स्तनपान त गराउनै पर्छ । यो क्रममा सन्तुलित खानेकुरा नखानु भनेको आफ्नो र सन्तानको शरीरलाई हानी निम्त्याउनु हो ।'  

 

सोनाली बेन्द्रे
आमा बनेपछि यी नायिकाले आफ्नो परिवार र अन्य विज्ञहरुको सल्लाह अनुसारको कार्य गरिन । तर समयसंगै उनलाई महसुस भयो कि अरुले दिएको प्रस्तावित सल्लाहले काम गर्दैन । त्यसपछि उनले स्तनपान र खानपिनको निम्ति आफ्नै समय तालिका बनाइन । तर त्यसले पनि काम गरेन । अन्त्यमा उनले निचोड निकालिन कि हरेक सन्तान हुर्काउनु भनेको सिक्दै जाने जीवनको  छुट्टाछुट्टै पाठ रहेछ । उनी भन्छिन, 'किताबमा लेखे जस्तो चार्ट बनाएर भित्तामा टास्ने र त्यहि अनुसार खाने खुवाउनेले मात्र पनि काम गर्दैन  । हरेक नयाँ आमाले आफ्नै तरिका बनाउँदै लग्ने हो । यहि नै नियम हुनुपर्छ भन्ने अन्तिम केहि छैन ।' सोनालीले आफ्नो किताब 'मोडर्न गुरूकुल' मा आफु आमा हुदाँको अनुभव लेखेकी छन। उनले यसमा आफ्नो संघर्ष र अनुभवलाई सबैको माझमा राख्दै कथा र त्यो अनुभवको सम्झनालाई सुरक्षित राखेकी छन । 

 

रबिना टण्डन 
बलिउड नायिकालाई बच्चा जन्माएपछि पुन : आफ्नै स्वरूपमा आउन मिडिया र समाजले प्रेसर दिने गर्छ । तर रबिनाले त्यसको मतलब गरिनन्। उनी आफु र बच्चा स्वस्थ कसरी राख्ने भन्नेमा बढी ध्यान दिने गरेको याद गर्छिन । उनले आफ्नो तौल कम गर्न प्राकृतिक नियमको पालना गरिन– स्तनपान मार्फत तौल कम गरिन । आफ्नो अनुभब सुनाउदै रबिना भन्छिन, 'कम्तिमा पनि ६ महिना स्तनपान गराउनुस । छोटो समयमा नै पहिलेको शारीरिक अवस्थामा फर्किने प्रेसर लिने काम नगर्नुस । यो तपाई र आफ्नो सन्तान दुबैको लागि राम्रो होइन । मेरो अनुभवले भन्छु स्तनपानले नै तपाइको क्यालोरी आफै बर्न हुन्छ । यसैले तपाईको तौल कम गर्न सहयोग गर्छ ।' 

 

ट्वीन्कल खन्ना 
यी नायिकाको स्तनपानको कथा बिबेक र भावनाले भरिएको छ । उनले आफ्नो सन्तानलाई स्तनपान गराएँदा उनको श्रीमान अक्षय कुमार उनीलाई शान्त र आन्द्द होस् भन्ने ख्याल राख्ने गर्थे । उनका अनुसार यो बेला श्रीमानको सहयोग एकदम महत्वपूर्ण हुनेगर्छ । हालसालै ट्वीन्कलले आमा बन्दाको आफ्नो अनुभव सुनाउदा भनेकि छिन्, 'आमाहरुले बच्चा हुर्काउँदा गर्ने काम बाहेक अन्य कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । उनीहरुले आफ्नो स्तन स्वस्थ छ कि छैन भनी नियमित आफै र डाक्टरको सहयोगले जाच्नुपर्छ। स्तनसंग सम्बधित बिभिन्न समस्या आइरहेका छन भने त्ययसमा आमाहरु सजक हुनुपर्छ।' एजेन्सी

 

अनुवाद : नारायण न्यौपाने 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार