• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

सांसद प्रदीप यादवलाई  कोरोना संक्रमण पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादव फेसवुक मार्फत यसबारे  जानकारी गराएका हुन। 

 

उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’

 

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन्। 

 

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय पर्सामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पर्सामा पछिल्लो दुई दिनमा मात्र ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार