• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

लेखक प्रकाश सुवेदीको उपन्यास ‘आशा छ’ अब छिट्टै बजारमा 

काठमाडौं । लेखक प्रकाश सुवेदीद्धारा लिखित उपन्यास ‘आशा छ’ अब छिट्टै बजारमा आउने भएको छ । उपन्यास वी रीड नेपाल बाट प्रकाशन हुन लागेको हो ।  

 

उपन्यासमा लेखकले एक प्राध्यापकको संघर्षमय जीवन प्रस्तुत गरेका छन् । नायक प्राध्यपकले प्रारम्भ देखिनै शिक्षामा राजनीतिले पारेको प्रतिकूल प्रभाव र त्यसबाट शिक्षामा ह्रास आउँदै गएको देखेका तथा अनुभव गरिरहेका हुन्छन् । राम्रो भाव राखेर राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि  अन्त्यमा उनी स्वंय पनि राजनीतिक गोटीचालमा परेर बिरक्तिदै आफ्नो ब्रह्मको पुकारमा जागिरबाट राजीनामा गर्छन् । 

 

काठमाडौँको ५० वर्षजतिको सामाजिक परिवेशका साथै देशको राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा देखिएको बेथिति, विसंगति आदिको चित्रण गरिएको छ । समाजमा मानिसहरूबिच घट्दै गएको मुल्य मान्यता र त्यसबाट उत्पन्न अभाव, गरिबी र विपन्नता आदिले पारेको प्रभावलाई पनि उपन्यासमा दर्शाउन खोजिएको छ । 

 

विशेषतः, शिक्षामा राजनीति हावी भएर त्यसको प्रभावले गर्र्दा शिक्षामा आएको ह्रास र त्यसबाट पढेलेखेका युवा जमातमा देखिएको नैराश्यता र त्यसको परिणाम स्वरूप देशबाट भईरहेको शिक्षित विदेश पलायन र त्यसले घरघरमा बुढाबुढी मात्र एक्लै, असहाय, बिरामी पर्दा हेरविचार गर्ने पनि कोही नभएर परेको असहज स्थितिलाई पनि उपन्यासमा समेट्न खोजिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार