• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

थपिए २२४ कोरोना संक्रमित, संक्रमितको संख्या १९ हजार ७७१

काठमाडौं । आज देशभर २२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

 

यो संगै कुल कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा जनामा पीसीआर १० हजार ७६८ परीक्षण गरिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५१ जना निको भएर घर फर्किएका छन् । 

 

यस्तै कुल कोरोना निको हुनेको संख्या १४ हजार ३९९ जना पुगेका छन् । यो ७२ दशमलब ८ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार