• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

अहिलेसम्मकै महंगो सुन, तोलाको ९९ हजार ३ सय पुग्यो

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै महंगो भएको छ । सुनको मुल्य उकालो लाग्ने क्रम आज पनि जारी छ ।

 

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ९९ हजार ३ सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १९ सय ७६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

 
सात दिन मै सुन ३५ सयले महंगिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार