• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

फुलको आँखामा फुलै संसार

तपाई जो यो पढ्दै हुनुहुन्छ
तपाई महान हुनुहुन्छ
बन्दनीय र पुजनीय हुनुहुन्छ
किन भने–
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

 

मेरा एक सज्जन मित्र हुनुहुन्छ
म उहाँलाई कहिल्यै भेट्न चाहन्न
तर उहाँ मलाई भेट्न बेला कुबेला आइरहनु हुन्छ 
उहाँलाई मैले पैसा तिर्न बाँकी छ भन्ने कुरो मैले बिर्सिसकेँ
तर उहाँ त्यो कुरा बिर्संदै बिर्सनुहुन्न ।

 

यस्ता सज्जन मित्रले पनि एकदिन त रिसाएर भन्नुभयो
ऋण लिएपछि यत्रो वर्षसम्म पनि नतिर्ने ?
तपाई त फटाहा हुनुहुँदो रहेछ ।
मैले भने – हो मित्र, 
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

 

यदाकदा तपाई निकै उचालिएर नेतालाई सराप्नुहुन्छ 
सरकारको खोइरो खन्नुहुन्छ 
हाकिमहरुको उछित्तो काड्नुहुञ्छ 
ब्यापारीलाई सत्तोसराप गर्नुहुन्छ
यतै थुइक्क उतै धिक्कार भन्नुहुन्छ 
नबिर्सनुहोस है-
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार