• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

गायिका प्रीति आलेको ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ सार्वजनिक

काठमाडौं । गायिका प्रीति आलेको स्वर रहेको गीत ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ को भिडियो सार्वजनिक भएको छ । राजबहादुर सानेको शब्द र संगीत तथा लय रहेको गीतको भिडियोमा कृष्ण परियारको निर्देशन छ ।

 

भिडियोमा प्रिती आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, कमला नेपाली, ज्याक गुरुङ, शिशिर राणा र दीपकजंग शाहीलगायतको अभिनय छ।

 

किम्भे प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीत भिडियोमा बाबु जिम्बाको कोरियोग्राफी छ । सौर्यल थापा निर्माता तथा प्रकाश हमाल सह–निर्माता रहेको भिडियोमा युयुस ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार