• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुँदै

काठमाडौं । कोभिड–१९ को महामारीका कारण लागू गरिएको लकडाउनले धेरै मानिसहरु बेरोजगार बनेका छन् । केही ठाउँमा लकडाउन खुकुलो भए पनि अधिकांश स्थानमा माहौल त्यस्तो छैन । 

 

लकडाउनले बेरोजगारहरु यतिबेला जागिरको खोजीमा भौतारिरहेका छन् । लकडाउन कै अवस्थामा धेरैले मनोरन्जनको माध्यम खोजिरहेका छन् । यस्तोमा उनीहरुको प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने भएको छ ।

 

यो प्रतियोगितामा सहभागी जोकोहीले पनि घरमै बसेर एक लाख रुपैंयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । त्यसका लागि प्रतियोगीले हन्टको नियमलाई ध्यानमा राखेर आफ्नो प्रतिभा झल्कने भिडियो बनाएर आगामी भदौ १५ गते अर्थात् ३१ अगष्ट २०२० मा 'डब्लुडब्लुडब्लु डट फायरस्क्रिनटीभी डटकम डटएयू"- www.firescreentv.com.au_मा पठाउनुपर्नेछ । 

 

भिडियोमा प्रतियोगीले नृत्य, गायन, मिर्मिकी, स्टेण्डअप कमेडी, जिम्न्याष्टिक र संगीत तथा अन्य कुनै विधाको प्रतिभा रचनात्मक रुपमा प्रस्तुत गर्नुपर्नेछ । भिडियो पाँच मिनेट भन्दा लामो वा तीन मिनेट भन्दा छोटो अवधिको हुनुहुने छैन । आयोजकले ३१ अगष्ट २०२० को मध्यरात भन्दा पछाडि पठाएको भिडियोलाई स्वतः रद्द हुने जनाएको छ ।

 

संसारभर बसोबास गर्ने नेपालीहरुले सहभागिता जनाउन सक्ने प्रतियोगितामा उमेर र लिंगको हकबन्धी लागू छैन । प्रतियोगिताको विजेता फेसबुक, युट्युबको लोकप्रियताका आधारमा छानिने छन् । चार चरणमा विभाजन गरिएको प्रतियोगितामा पहिलो चरणमा पठाइएका भिडियोहरुमध्ये फायरस्क्रिन टीभीको निर्णय अनुसार उत्कृष्ट पचास भिडियो छनोट हुनेछ । दोस्रो चरणमा छानिएका भिडियोहरुलाई फायरस्क्रिन टिभीको युट्युब र फेसबुक पेजमा राखने र त्यसको लिंग प्रतियोगीहरुलाई पठाइनेछ । 

 

फेसबुक र युट्युबमा आएका आधारमा उत्कृष्ट ३० छानिनेछन् र उनीहरुलाई पुनः अर्को भिडियो पठाउन अनुरोध गरिनेछ । यही प्रक्रिया अनुसार उत्कृष्ट १०, उत्कृष्ट ५ हुँदै विजयी तीन जनाको घोषणा गरिनेछ ।

 

प्रतियोगिताको नियम अनुसार एक फेसबुक लाइकलाई एक भोट, एक फेसबुक शेयरलाई दुई भोट र युट्युब लाइकलाई तीन भोट गणना गरिनेछ । प्रतियोगितामा प्रथमले एक लाख, द्वितियले ५० हजार र तृतीयले २५ हजार रुपैंयाँ प्राप्त गर्नेछन् । साथमा सबै उत्कृष्ट ३० ले आकर्षक पुरस्कार पनि पाउनेछन् ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार