• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

नेकपाका १५२ सदस्यले बुझाए हस्ताक्षर सहितको पत्र, केन्द्रीय कमिटी बैठक माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षरसहितको लिखित पत्र दर्ता गरेका छन्।

 

हाल देखिएको सबै विवाद र समस्याहरुको सामाधानका लागि पार्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने ठहरका साथ पत्र गराइएको नेताहरुले बताएका छन् । यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।

 

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको हस्ताक्षरकर्ताहरूले बताएका छन् । 

 

स्थायी कमिटीले विवाद सल्ट्याउन नसकेपछि र आफैं विभाजित भएपछि समस्या समाधानका लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनीहरूले बताएका छन् । यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५२ जनाको हस्ताक्षर छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार