• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

सुनिल थापासहित दर्जन बढि राप्रपा नेताहरु कांग्रेस प्रवेश

काठमाडौं । राप्रपा परित्याग गरेका सुनिलबहादुर थापा २१ केन्द्रीय सदस्यसहित मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

 

कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेता थापा सहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । त्यस अवसरमा सभापति देउवा थापा लगायत नयाँ प्रवेशीलाई पार्टी सदस्यता कार्ड वितरण गरेका थिए ।

 

थापासँगै केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू कांग्रेस प्रवेश गरेका छन्।

 

पार्टी प्रवेश कार्यक्रममा कांग्रे वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेता, कार्यकर्ता सहभागी थिए ।

 

बुवा सुर्यबहादुर थापाले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका नेता ३१ जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार