• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

वामदेव गौतम भेट्न प्रधानमन्त्री ओली पत्नी राधिका सहित भैसेंपाटी पुगे

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन्। मंगलबार साँझ ७ बजे महासचिव विष्णु पौडेललाई साथमा लिएर प्रधानमन्त्री ओली गौतम निवास पुगेका हुन् । 

 

आज मात्रै ओलीले एकलौटी रुपमा बैठक स्थगित् गरेको भन्दै दाहाल नेपाल समूहका बहुमत सदस्यहरुको उपस्थितिमा बालुवाटारमै बैठक सञ्चालन भएको थियो । 

 

दुई नेताबिच चर्काचर्की चलिरहेका बेला गौतमले मंगलबार नै ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।उनले अघि सारेको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालबो बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने, दाहाल सम्पूर्ण कार्यकारी अधिकार सहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीको  कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने प्रस्ताव छ । यही कारणले पनि गौतमलाई फकाउन प्रधानमन्त्री उनको निवास पुगेको स्रोतले जनाएको छ।

 

ओलीको साथमा पत्नी राधिका शाक्य पनि गौतम निवास पुगेकी हुन् । उनीहरुले गौतम निवासमै रात्रिभोज गरेका छन् । उनीहरुको साथमा रहेका पौडेलले गौतमलाई पार्टीको नेतृत्व लिन प्रस्ताव गरेको स्रोतले जनाएको छ । गौतमले केही दिन अघिदेखि खुमलटार बैठक बहिस्कार गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार