• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या कोरोनामुक्त


मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन कोरोनामुक्त भएका छन्। अभिनेता अभिषेक बच्चनले आज (सोमवार) आफ्नो ट्वीटर मार्फत दुबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन।

 

‘तपाईंहरूको लगातारको प्रार्थना र शुभेच्छाका लागि धन्यवाद। ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरू अब घरमै बस्नेछन्,’ उनले ट्वीटरमा लेखेका छन्।

 

तर उनी र उनका बुबा अमिताभ बच्चन भने अस्पतालको निगरानीमा रहेको उनले जानकारी दिए। कोरोना संक्रमण देखिएपछि उनीहरु करिब दुई साताअघि मुम्बईको एक अस्पतालमा भर्ना भएका थिए। वेभ दुनियाँ

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार