• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

राखेप सदस्य-सचिवमा फेरी सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवमा रमेशकुमार सिलवाल पुन :नियुक्त भएका छन् ।सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुन :नियुक्त गर्ने निर्णय गरेको हो । 

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवाल सहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो ।

 

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रस्ताव गरेको नाममा मन्त्रिपरिषद्ले सिलवाललाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।

 

सदस्य सचिवमा नियुक्त भएका सिलवाल राखेपकै पूर्वसदस्य सचिव हुन् । कार्यकाल बाँकी रहे पनि नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि उनी स्वतः पदमुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार