• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
रंगमञ्च

शैलीमा 'शैली संवाद’ शुरू

काठमाडौं । दर्शकहरुको भिडभाड हुने सबै रंगमंच गत ६ महिना देखि बन्द  भएका छन । २०६५ सालमा स्थापना भइ सक्रिय नाट्यसंस्था शैली थिएटरको काठमाडौंको रातोपुलमा अवस्थित नाटकघर पनि सुनसान जस्तै छ । 

 

भर्चुअल माध्यमबाट सन्चालन गरेको विश्व बालकविता महोत्सव होस, वा राष्ट्रिय स्तरमा आयोजना गरेको निबन्ध प्रतियोगिता होस् शैली थिएटर आफ्ना दर्शकसंग जोडिने शिलशिला कायम नै राखेको छ ।

 

अहिले शैली थिएटरले आफ्नो फेसबुक पेज मार्फत लाईभ गरेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसंग भलाकुसारी गर्ने गरि ’शैली संवाद’ को शुरूवात गरेको छ ।  एकदिन बिराएर फेसबुक मार्फत बिभिन्न बिषयमा कुराकानी गर्ने योजना अनुसार भिन्न भिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।

 

थिएटरका महासचिव एवं कार्यक्रमका परिकल्पनाकार नारायण न्यौपाने भन्छन्, 'लकडाउन पछि पनि जीवन अझै सहज नभएकोले ठुलो समुह नाटकघर आएर काम गर्ने अबस्था छैन। हाम्रा साथीहरु पनि उपत्यका बाहिर आआफ्नो घर गएका छन । यस  कारण पनि भर्चुयल माध्यम बाट आफ्ना  दर्शक र सहकर्मी संग सम्बन्ध जोडी राख्न सानो समुहमा काम सुरु गरेका छौं ।'

 

’शैली संबाद’ को औपचारिक शुरूवात शैलीले आयोजना गर्ने ११ औं राष्ट्रिय बाल नाटक महोत्सवबाट भएको परिकल्पनाकार न्यौपानेले जानकारी दिए । कार्यक्रम संयोजक तथा प्रस्तोता सरस्वती अधिकारी, 'उक्त संवादमुलक कार्यक्रम दर्शक एवं स्रोताले रुचाएकै कारण त्यसैलाई निरन्तरता दिएका हौ । अब अहिलेको परिस्थितिमा फेसबुक लाईभ मार्फत दर्शक माझ पुग्ने अभिप्रायले ’शैली संवाद’ को शुरूवात गर्नु सुखत रहेको छ ।'

 

साउन १० गते शनिबार रङ्गकर्मी, कलाकार तथा निर्देशक प्रल्लाद खनालसंग कुराकानी गर्दै ’शैली संवाद’ यो  सिजन सुरु भएको हो । संवाद हजारौं दर्शकले प्रत्यक्ष हेरेको र समग्रमा १८ हजार दर्शक माझ पुगेकोले अझ हौसला मिलेको धारण सस्थाका अध्यक्ष नबराज बुढाथोकीले व्यक्त गरे.१२ गते सोमबार सगुना शाहले नेपालमा किताब अध्ययन गर्ने बानीको बिकास र रंगमंचमा केन्द्रित भएर आफ्नो अभिव्यक्ति दिएकी थिइन । 

 

एकदिनको अन्तरालमा शैली संवाद निरन्तर दुई हप्ता सम्म चल्नेछ । दिउँसो ठिक चार बजे शैली थिएटरको अफिसियल फेसबुक पेज मार्फत लाईभ हेर्न सकिने तथा लाईभ हेर्न छुटेका दर्शकले पुन उक्त पेजमा गएर संवाद हेर्न र सुन्न सक्नेछन । 

 

शैली थिएटरका व्यवस्थापक सुवाश सुबेदीका अनुसार साउन  १४ गते  नाटककार  अषेश मल्ल, १६ गते प्यापसन महासचिव कुमार घिमिरे, १८ गते आइतवार समिक्षक र निबन्धकार कुमारी लामा, २० गते मंगलबार निर्देशक र कलाकार रिता साह, २२ गते बिहिवार कला पत्रकार वर्षा महर्जन, २४ गते शनिबार लेखक अभिमन्यु निरवी र २६ गते सोमबार ’किताब यात्राका’ प्रबन्ध  निर्देशक  बिकेश भट्टराई अतिथी रहनेछन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार