• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

बदनाम हुँदैछ ओली नेतृत्व

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली जहिले पनि बजार हल्लाका एक नायक रुपमा गनिन्छन् । राजनीतिमा फण्डाको प्रवेश गराएर आफना बिरोेधीहरुको स्वरलाई मत्थर पार्न नामुद मानिएका प्रधानमंन्त्री ओलीले यसपाली पनि आफना समकक्षी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ठूलै लालीपापा खुवाएर चुप लगाएका छन्। राजनीतिक गुलीयोको स्वाद परेका प्रचण्ड अब आउने अधिवेशनमा सर्बसम्मत अध्यक्ष बन्नेमा ढुक्क भने छैनन् । ओलीले यती सजिलै दुबै पदबाट हात झिक्नु भनेको काल्पनिक कथाको सार मात्र हुन्छ । 

 

नेपाली राजनीतिमा हरपल छाइरहने यी दुई नक्षत्रहरुका कारण साउनको झरिमा पनि गर्मी महसुस हुने गर्छ । लगभग फुटको अन्तिम संघारमा पुगेर ब्यूतिएको नेकपाले आफनो ठूलो खड्गो अहिलेलाई पार लगाए पनि त्यो स्थायित्व भने छैन् । निर्वाचनको परिणामलाई बुझेर पूर्व एमाले संग कुम जोड्न आइपुगेका एकिकृत माओवादीका नेताहरुको तालु प्रधानमन्त्री तथा अध्यक्ष ओलीले खुइलाई दिएका छन् । 

 

सरकार सञ्चालन र जनमुखी काममा ध्यान दिन छोडेर प्राय समय पार्टी राजनीतिमा ब्यतित गर्न थालेका प्रधानमंन्त्री तथा अध्यक्ष ओलीको बालुवाटार किचेन क्याबिनेट देखी पुल्चोक क्वाटरका सदस्यहरुको कार्यशैली देखी आम जनता त आजीत भईसकेका छन् भने उनका निकट पार्टी कार्यकर्ताहरु पनि बिरोधमा उत्रिसकेका छन् । बोली र उखानका ज्ञाता मानिएका ओली यदी राजनितीमा नलागेको भए राम्रो कलाकार हुन्थे भन्छन् उनका समकक्षीहरु । नानी देखीको  बानी कसरी जान्छ भने झै उनको हरेक क्रियाकलाप एक बिशेष कलाकारको भन्दा कम छैन् । जुन चलचित्र वा नाटक चलुन जेल रहन्छ । त्यसपछि हराउँछ । 

 

०४७ सालको प्रजाततन्त्र देखी यता राजनीति र सत्तामा रहेका राजनीतिज्ञ संग भिज्दै आएका नेपाली जनताले पूर्व एमाले र माओवादी मिलेर बनेको नेकपालाई जुन बिश्वासले निर्वाचनमा बहुमत सहितको मत दिएका थिए । ती भोटरहरुले आफनो भोटको मूल्य त के छेउ टुप्पो नी पाएका छैनन् । अहिलेको अवस्था भनेको थाप्लोमा हात लगाउनु बाहेक केही छैन् । 

 

सत्ता सञ्चालनको बागडोरलाई सम्हालदै आएको नेपाली कांग्रेस धेरैपछि प्रमुुख प्रतिपक्षी दलको भूमीकामा  खुम्चिएको छ । नेपालको राजनीतिमा  पुरानो र भिमकाय दल नेपाली कांग्रेसले त झनै जनताहरुको आवश्यकतालाई बुझने कुरै भएन । प्रमुख प्रतिपक्षी भएपनि आफनो भूमिकालाई बाहिर ल्याउन नसकेको कारण कांग्रेससंग आम नेपाली त्यति सन्तुष्ट छैनन् । उता नेकपाले आफनो वर्तमान वा भविष्यको खाका कोर्न सकेका छैनन् । नेपाली कांग्रेसलाई साइजमा ल्याएर उ माथि राजनीति गर्नेमा नै अहिलेको प्रधानमन्त्री देखी उनका किचेन क्याबिनेटका सदस्यहरु बेजोड तालले लागेका छन् । 

 

नितिगत र संस्थागत भष्ट्राचारमा लिप्त रहेको ओली नेतृत्व बर्तमान सरकारलाई बिश्वब्याधिको रुपमा फैलिएको कोभिड–१९ दुहुनु गाई भएको थियो । जनताबाट उठाइएको कर देखि स्वास्थ्य क्षेत्रमा पनि भ्रष्टाचार जालो फिजाएर बसेकाहरुलाई उत्खनन गर्नुको साटो उल्टै प्रधानमंन्त्रीबाट संरक्षण प्राप्त हुन् थालेको छ । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्रिय बैक देखी बिभिन्न बित्तीय क्षेत्रमा आफनो क्षमता देखाई सकेका प्रधानमंन्त्रीका बिश्वासपात्र अर्थ मंन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले देशको बिग्रदो अर्थतन्त्रलाई माथि उकास्न केही काम गरेको पाइदैन् । दैनिक कमाएर गुजारा चलाउनेलाई करको दायरामा ल्याउने काममा  ध्यान दिए भने अहिले आफै सूचना संचार तथा प्रबिधि मंन्त्री हुदा सम्म सबै भन्दा धेरै कर ठगी गर्नेसंस्था एनसेल संग अर्बौको  सरकारी कर उठाउने हिम्मत मन्त्री खतिवडाले गर्न सकेका छैनन् । भने कोरोनाको कारण देशको अर्थतन्त्र ओरालो लागेको बताउन थालेका छन् । देशको आर्थिक कारोबारको हिसाब किताब राख्ने अर्थ मंन्त्री अहिले ब्यापारीहरु संग सरकार चलाउन करको लागी भिख माग्न थालेका छन् ।

 

प्रधानमन्त्री ओलीले जति सरकारको नेतृत्व गर्नु अघि जति सपना बांडेका थिए । त्यसको एक चौथाई पनि काम भएको आभास अहिले छैन् । राज्यमा शान्ति सुरक्षा देखी लिएर हरेक क्षेत्र लथालिङ्ग अवस्थामा छन् । कोरोनाको बहाना बनाएर संस्थागत भ्रष्टचारमा लिप्त रहेको ओली सरकारले जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने कुरामा आफनो लाभको लागी भष्ट्राचारीको सर्मथन गर्न पनि प्रधानमन्त्री ओली पछि परेका छैनन् । यसपछि आउन बदनामीको घेरालाई ओली सरकारले मेटिसकेको छ । अहिले पूर्ण रुपमा सरकार बदनाम छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार