• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि सर्‍यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि सरेको छ ।  भदौ १ गतेसम्म सरकारले सभा, सम्मेलन गर्न नपाइने भनेकाले महासंघले पनि आफ्नो ५४ औँ वार्षिक साधारणसभा सारेको हो । 

 

सरकारले कहिलेदेखि सभा, सम्मेलन गर्न पाइन्छ स्पष्ट नगरेकाले स्पष्ट पारेको १५ दिनभित्र साधारण सभा गर्ने महासंघले निर्णय गरेको छ ।

 

गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको थियो । पछिल्लोपटक महासंघको कार्यकारिणी समिति बैठकले साउन २६ र २७ गते राजधानीमा गर्ने निर्णय गरेको थियो ।

 

सरकारले लकडाउन खुलाए पनि सभा सम्मेलन र भोजभतेर गर्न खुल्ला गरेको छैन। सरकारको नीतिअनुसार महासंघ अघि बढ्ने निर्णय भएको महासंघका एक पदाधिकारी जानकारी दिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार