• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । बिहीबार सुनको मूल्यले प्रतितोलामा पाँच सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड बनाएको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) का लागि छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरेको छ ।

 

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय ५ रुपैयाँले बढेर ९४ हजार ६५ पुगेको महासंघले जनाएको छ ।

 

चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको एक हजार ४५ रुपैयाँ पुगेको छ । चाँदी आज (बिहीबार) ११ सय ४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार