• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

राखेप सदस्य-सचिवका लागि सिलवाल, थापामगर र श्रेष्ठको नाम सिफारिस 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। 

 

सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन् । त्यस्तै महिला सदस्यबाट सिफारिस भएकी अन्जु श्रेष्ठ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन् । 

 

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्यसचिव पदका लागि आह्वान गरेकोमा २७ जनाले आवेदन दिएका थिए।मन्त्रालयका सचिव रामप्रसाद थपलिया, परिषद्का पूर्वकर्मचारी रिम रानाभाट र परिषद्को पूर्व बोर्ड सदस्य इन्दिरा निरौला रहेको सिफारिस समितिले आवेदनको अध्ययन गर्दै तीन जनाको नाम सिफारिस गरेको हो।

 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवालको पदक निष्क्रिय भएको थियो। त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले परिषद्‌को सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको थियो।

 

अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्‌मा पेश गर्नेछ। जस मध्ये एक जनालाई मन्त्रिपरिषद्ले खेलुकद परिषद्को सदस्यसचिवमा नियुक्त गर्नेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार