• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

असोज पहिलो साताबाट कक्षा १२ को परीक्षा लिने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको छ । लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । 

 

भदौंबाट सरकारले  विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजना बनाइएको उनले जानकारी दिए । चाँडै परीक्षा तालिका पनि सार्वजनिक गरिने पौडेलले बताए ।

 

बैशाखमा हुने गरेको कक्षा १२ को परीक्षा लकडाउनका कारण रोकिएको थियो । यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार