• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
श्रृङगार

'निलडेभिड बुटवल' पाँचौ वर्षमा प्रवेश, तीनदिन निशुल्क मेहेन्दी कार्यक्रम

बुटवल । अमरपथ सिंह कम्प्लेक्समा रहेको निलडेभिड बुटवलले आफ्नो पाचौ वर्ष प्रवेशको अवसरमा निशुल्क मेहेन्दी कार्यक्रम राखेको छ ।

 

श्रावण महिनामा महिलाहरुले हातमा मेहेन्दी लगाउने प्रचलन रहेकोले ७, ८ र ९ गते बिहान ९ बजेबाट ११ बजेसम्म निशुल्क मेहेन्दी लगाईने निलडेभिड बुटवलका संचालक मोहन ठाकुरले जानकारी दिएका छन । 

 

कोरोना कहरकै समयमा पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर निलडेभिड बुटवलले व्यवसाय सञ्चालन गरिरहेको  छ । सौन्दर्य सम्बन्धी सेवा सुविधा लिन चाहनेले फोनबाट समेत नाम दर्ता गर्न सकिने छ ।

 


सञ्चालक ठाकुरले साउन महिनाभर वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार