• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

भद्दा मजाक र अड्कलबाजीमा कुटनीतिक मर्यादा नभुल्नुस प्रम ज्यु !

प्रधानमन्त्री जस्तो  सर्वच्च पदीय  मर्यादालाई भुलेर यसरी कुटनीतिक प्रोटोकल को ख्याल नै नगरी  छिमेकीका बिरुद्ध निरन्तर भ्रमित र स्खलित अभिव्यक्ति दिनु  गैर जिम्मेवार  र नक्कली उग्र राष्ट्रवाद हो र यो राष्ट्रका निमित्त घातक हो। धार्मिक र सांस्कृतिक बिषयमा समेत मुखै मुखले ओठे जवाफ फर्काउनु अत्यन्तै अशोभनीय हो र छिमेकीसंग सन्तुलित सह सम्बन्ध राख्न नसक्नु प्रधानमन्त्री असफल हुनु हो।

 

देशको सबैभन्दा  जिम्मेवार  र सर्वच्च  गरिमामय  पदमा आशिन प्रधानमनत्री  केपी ओली   दुई तिहाइ र झन्डै  दुई तिहाइको सरकार प्रमुखको हैसियतमा गर्नुभएको सत्तारोहण यात्राको यो दुई वर्षे कार्यकालमा मुलुकलाई थप  वर्षौवर्ष  धसाउने गरि आर्थिक अनियमितता, गलत राजनीतिक संस्कार सँगै आजको युगले नचाहेको नसोचेको अधिनायकवाद तर्फमात्र मुलुकलाई धसाउन कुनै गलत कसरत त छोडेनन नै त्यो सँगसँगै छिमेको राष्ट्र भारतको हेपाह र मिचाह प्रवृत्तीको बिरुद्ध दरो राष्ट्रिय अडान त सबै नेपाली को पहिलो चहाना त हो नै त्यसैले त सबै राजनीतिक पार्टी  र नागरिक राष्ट्रियताको मुद्दामा  एकै ठाउमा उभिएका स्वर्णिम बिगत पनि हाम्रो बनिसकेको छ । तर राष्ट्रियता को नाम मा एउटा उत्तर तर्फको  छिमेकी राष्ट्रसँग लम्सारवाद बन्दै आफ्नो पार्टी  भित्रको आन्तरिक बिवाद मिलाउनसम्मको तल्लोस्तरमा झरेर सत्तामा टिकिरहन नाङ्गो राष्ट्रवादको स्खलीत स्वरुपमा प्रस्तुत भईरहने ओली ज्यु अर्को छिमेकी राष्ट्र दक्षिणतर्फ सँग निम्तम छिमेकी देशदेशको बिचमा  राख्नुपर्ने कुटनीतिक मर्यादा पनि पूरा नगरी प्राचीन दन्थे कथा र त्रेतायुगको अड्कलबाजी गरेर छिमेकी रास्ट्रसंग उग्र दुश्मनीको बिजारोपण किन गर्न खोज्दै छन । राष्ट्रलाई स्थायी द्वन्दको भुमरीमा धसाउन खोज्दैछन यो गुह्य कुरोको चुरो खोज्दै नागरिक सचेतना जरुरी भईसकेको छ ।  

 

प्रम ज्यु, भारतीय केही तुच्छ मिडियाले नेपालको प्रमको बारेमा तुच्छ टिप्पणी गरे हामी तमाम नेपालीले आफ्नो बुताले भ्यायसम्मको बिरोध र प्रतिबाद गरेदेउ । सिमा बिवादका बारेमा तमाम नेपाली तपाईको साथमा  छन तर भारतको बिरोध हेपाहा र मिचाहा प्रवृत्तीका बिरुद्ध  मात्र होइन कि पुस्तौ पुस्ताको सम्बन्ध बिगार्नै पर्छ र नेपालीहरुका बिरुद्द भारतीय आक्रोस र प्रतिसोध नेपालीका बिरुद्द किन खन्याउन द्वन्दको निमन्त्रण गर्दै हुनुहुन्छ ?  तपाईं त्रेतायुगका कुरा उठाएर कस्तो राष्ट्रियतासँग नेपालीलाई  धकेल्दै धकेल्दै जर्बजस्त भारतीय दुश्मनीका लागि तपाईका दन्ते कथा र काल्पनिक मनगन्नते कुरामा अयोध्या नेपालमा  र राम नेपाली थिए भनेर तमाम राष्ट्र र राष्ट्रियताले ओतप्रोत भएका नेपालीको भावनालाई  तपाई को भ्रष्ट  र नालायक सरकार प्रतीको तीब्र आलोचना र आक्रोश अन्यत्र  खिच्न  इतमास्त गर्न खोज्दै हुनुहुन्छ । त्यो नेपाली आजका नागरिकले सजिले पत्ता र भेउ  पाउने  त छन नै । द्वापर र त्रेतायुगका अड्कलबाजी गर्ने तपाईको बुद्धिले तपाईले लम्पसार गर्दै सत्ताको आयु बढाउन नितान्त ब्यक्तिगत रुपमा तपाईलाई  सघाउँदै आएको अर्को छिमेको मुलुक चाइनामा पर्ने मानसरोवर  र कैलाश पर्बत फर्काउने कुरो चै किन चुइक्क गर्नु हुन्न ? चाइनासँग विभिन्न जिल्लाका कयौं सिमा जोडिएका ठाउँमा मिचिएका सिमाका बारेमा पनि कहि कतै  कुरो उठदैन ।  हिन्दु धर्म नै नमान्ने चाइनामा संसारभरका हिन्दुहरुको आरध्यदेभ महादेब बस्ने कैलाश पर्बत कसरी हुनसक्छ त्यो नेपाल कै हो त कहिल्यै भन्नू हुन्न ।

 

आज देशमा कोरोनाको कहर र यसले पारेको राष्ट्रिय अन्तराष्ट्रिय  प्रभावले थला पर्दैछ । बिपन्न नागरिकको घरमा चुल्हो बल्न छाडीसक्यो । मध्यम वर्गीयहरुको घर र सानातिना गरिखाने पेशा धान्न नसकेर डिप्रेशनमा जाने र आत्महत्या गर्न थालीसके । ठुल ठुलो ब्यापार ब्यावसायीहरुको पनि यहि हालत छ । यस्तो महामारी र विषम परिस्थितिमा नागरिकको स्वस्थ्य  र उसको पेटभरी खान पाउने ब्यवस्थापनसंगै गिर्दो र धरापमा परि थला पर्दै गरेको सर्बत्रको आर्थिक अवस्थाको सुधार कसरी गर्न सकिन्छ भनेर देशको सम्पूर्ण राज्यसंरचना केन्द्रित हुँदै चिन्तन हुनुपर्ने बेलामा यस्ता उटपटाङ कुरा गरेर कुन छिमेकी रिजाएर अर्को छिमेकीसँग् जबजस्ती दुश्मनी  मोल्दै हुनुहुन्छ प्रम ज्यु ? आफ्ना सम्पूर्ण नालायकी र विश्व प्रसिद्द भ्रष्ट सरकारको तीब्र नागरिक आलोचना  र घृणालाई अन्तै मोडन नयाँ नयाँ चाटुकारी कुराको पासो फालेर नौटंकी कुरा गर्न छोडनुस, अब हद भयो । गैरजिम्मेवार र भ्रष्ट सरकार अब नागरिकले थेग्न नसक्ने भईसके । राष्ट्रलाई बन्धक बनाएर सत्ताको आयु लम्ब्याइ रहने प्रपन्च रच्न छोडेर विश्राम गर्नुस । अब  तपाईको शरीरमात्र अस्वस्थ रहेन । दिनानुदिन तपाईको सोच र मानसिकताले पनि उटपटयाङ मात्र सोच्न  थालेछ ।  देश समृद्ध बनाउने योजना र  सोच होइन नगरिक झुक्याउने र अलमल्याउने सोच मात्र श्रृजना हुन थालेपछि राष्ट्र  र नगरिकप्रति यो  भन्दा खतरनाक राष्ट्रघात अरु केही हुन सक्दैन प्रम ज्यु । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार