• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

आजबाट विपद पत्रकारिता सञ्जालको अनलाइन शुरु

काठमाडौं । विपद पत्रकारिता सञ्जाल क्रियाशील पत्रकार महिला तथा वर्नमाउथ युनिभर्सिटी, लण्डनको सहकार्यमा गठन भएको क्रियाशील पत्रकार महिला मिडिया हाउसको सञ्जालले  डिजिटल संवाद गर्दै अनलाइन सार्वजनिक गरेको छ ।

 

विपद पत्रकारिता सञ्जालले नेपालमा विपद पत्रकारिता सुदृढीकरणका लागि अन्तर समाचारकक्षहरूको सहकार्य गर्ने तथा विपद पत्रकारिता सञ्जालमा भएका सदस्य संस्थाहरूलाई मार्ग निर्देशन तथा एक आपसमा सहयोग सुदृढीकरण गर्ने उद्देश्यका साथ अघि बढेको छ । 

 

कार्यक्रममा वर्नमाउथ युनिभर्सिटीका वरिष्ठ पत्रकार स्टेफेन जुक्सले पत्रकार सधैं जोखिममा रहने हुँदा तयारी पक्षमा विशेष ध्यान दिनु पर्ने बताए । रोयटर्समा दुई दशक बिताइसकेका जुक्सले व्यक्तिगत सुरक्षाका उपायहरुलाई पनि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । विल क्लिन्टन र मोनिका लेविन्स्की लगायत महत्वपूर्ण विषयवस्तुलाई प्रमुखतासाथ उठाएका जुक्सले मिडियाले जनसमुदायको आवाज बोल्ने हुँदा कतिपय मिडिया विश्वव्यापी रुपमा प्रख्यात भए पनि पत्रकारहरुले धम्कीपूर्ण व्यवहार ब्यहोर्न बाध्य भएको उल्लेख समेत गरे ।

 

यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उमेश ढकालले रेडक्रस सोसाइटीले विपद अघि र पछि गर्नु पर्ने कामको खाका तयार गरेर काम गर्दै आएको उल्लेख गर्दै अहिलेको विपदमा हजारौं स्वयंसेवकहरु देशव्यापि रुपमा खटेर काम गर्दै आएको बताए ।  आगामी दिनमा विपद पत्रकारिता सञ्जालसंग सहकार्य गर्दै अगाडि बढ्ने तत्परता जाहेर समेत गरे । यस्तै तत्परता नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले पनि जनाएका थिए ।

 

कार्यक्रममा सञ्जालका संयोजक अमिका राजथलाले  विपदका क्षेत्रमा जनचेतना फैलाउने मात्र नभएर समुदायको सहभागितामा यस क्षेत्रमा भएका समस्या, कमी कमजोरी पत्ता लगाउने तथा समाधान, मेलमिलापको लागि समेत हाम्रो रिपोर्टले उल्लेखनीय सहयोग पुर्याउने तथा समाधानमुखी पत्रकारितालाई बढावा दिने उद्देश्य रहेको बताइन ।

 

समाधानमुखी पत्रकारितामार्फत समुदायमा विपदको प्रभाव न्यूनिकरण तथा समुदायलाई पुनरुत्थानका लागि प्रोत्साहन गर्ने, स्थानीय सरकारको नीति निर्माणमा सहयोग गर्दै विपद जोखिम न्यूनिकरण, निराकरण तथा पुनरुत्थानका  लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भएका राम्रो अभ्यासको बारेमा रिपोर्टिङ गर्ने उद्देश्य राखेको सञ्जालले सदस्य संस्थाहरूका बीचका अन्तर समाचारकक्षहरूको रिपोर्टिङ, सहभागितामूलक रुपमा गरिने संयोजक राजथलाको भनाई छ ।

 

कार्यक्रमको सहजिकरण गर्दै सञ्जालका सह संयोजक दुर्गा अधिकारीले संस्थाका अन्य उद्देश्यहरुका बारेमा जानकारी दिइन । विपद पत्रकारिता सञ्जालले विभिन्न खाले विपदहरूलाई एक अर्कामा अन्योन्याश्रित सम्बन्ध रहेको, जटिल प्रणालीहरू भएको र वृहत उद्देश्यसहित विपदको क्षति न्यूनिकरणका लागि संयुक्त प्रयास गर्नेछ । 
यस सञ्जालले वातावरण क्लाइमेट, भूगर्भ, जोखिमपूर्ण स्वास्थ्य र महामारी ९जस्तैःकोभिड १९०जस्ता क्षेत्रमा काम गर्नेछ । विपद पत्रकारिताका सम्बन्धमा भएका परम्परागत मूल्य मान्यता तथा रुढगत कारण पत्ता लगाई विपद पत्रकारितालाई सिर्जनात्मक रुपमा प्रवद्र्धन तथा रुपान्तरण गर्ने उद्देश्य  सञ्जालले लिएको छ ।

 

 

यस्तै प्रत्येक वर्ष वाढी, पहिरो जस्ता प्राकृतिक बिपदले समुदायमा पारेको प्रभावलाई कम गर्न  पत्रकारको भुमिका महत्त्वपूर्ण हुने लेखक कपिल लोहनीले संवादमा बताए।

 

कोरोनाको बिपदले पत्रकारहरु समेत बिस्थापनमा परेको बताउदै पत्रकार महासंघका अध्यक्ष गोबिनद आचायले महासंघले पत्रकारहरुका लागि राहत वितरण गर्न रू. १ करोडको पत्रकार राहत कोष स्थापना गरिएको जानकारी दिए ।

आगामी दिनमा महासंघले बिपद जोखिम न्युनीकरणका बिषयमा सहकार्य गर्न इच्छुक रहेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार