• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
डबली

‘विश्व बाल कविता महोत्सव’ २०७७ को नतिजा सार्वजनिक

काठमाडौं । शैली थिएटरको आयोजनामा गत वैशाखबाट सञ्चालन गरिएको ‘विश्व बाल कविता महोत्सव’ को नतिजा प्रकाशित गरिएको छ । विश्व भरिबाट बाल कविता आह्वान गरी पहिलोपटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झण्डै तीन महिनामा नतिजा प्रकाशन गरेक हो । 

 

कवि महेश पौड्याल,नीलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समूहले कवितालाई मूल्यांकन गरेका थिए । प्रथम पुरस्कार ‘निष्कर्ष मेरो प्रयोगशालाको’ शीर्षकको बर्दिया गुलरियाबाट प्रश्ना सुवेदीले प्राप्त गरेकी छन् ।  

 

यस्तै पल्पसा काफ्लेको कविता  ‘गाउँ गाउँ जस्तै देखिनेछ’ ले द्वितीय पुरस्कार प्राप्त गरेको छ । भने रोल्पा लिवाङका अर्चित बाबु मर्सिफुलको ‘वसन्त’ कविताले तृतीय पुरस्कार पायो भने चौथो र पाँचौं पुरस्कार काभ्रेका चिराग तिमल्सिनाको कविता ‘हामी को हौं ?’ र नुवाकोट पञ्चकन्याका मनोहर भण्डारीको कविता ‘मैनाचरी’ ले पाउन सफल भए ।

 

प्रथम पुरस्कारको नगद राशि १० हजार, द्वितीय ८ हजार, तृतीय ६ हजार, चौथो र पाँचौं क्रमशः ४ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । साथै कविता महोत्सवमा सहभागी सम्पूर्ण प्रतोयोगीलाई सम्मान र सम्झना स्वरुप प्रमाणपत्र प्रदान गरिने आयोजकले घोषणा गरेको छ ।

 

लकडाउन केही खोकुलो भएको पक्कै छ तर परिस्थिति पुरै सामान्य भएको अवस्था छैन। हामीले पुरस्कार बितरण आगामी बालनाटक महोत्सवमा गर्ने भनेर घोषणा गरेका थियौं कविता महोत्सवका सहनिर्देशक सुवास सुबेदीले बताए ।

 

कम्तीमा उत्कृष्ट बीसजनालाई काठमाडौं बोलाएर कविता बाचन गराउने हाम्रो सोच थियो। तर त्यतिबेलासम्म पनि भाइरसको प्रकोप के हुन्छ ठ्याक्कै भन्न सक्ने अवस्था छैन। त्यसैले पुरस्कृत सबैलाई बैंकमा खाता मार्फत नगद पुरस्कार पठाईदिने अनि प्रमाणपत्र इमेल तथा हाम्रो स्थानीय संयोजक मार्फत उपलब्ध गराउने भएका छौं।

 

नियमित नाटक मञ्चन गर्दै आएको शैलीले नेपाल वातावरण पत्रकार समूहको सहकार्यमा हालसालै ‘नेपालमा मिडिया साक्षरता’ सम्बन्धमा राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना पनि गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार