• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
देश/प्रदेश

माइतीघरमा प्रदर्शन : ‘कि रोजगारी देउ, कि कोरिया जान देउ’

काठमाडौं । रोजगारीका सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहँदा सरकारले कुनै वास्था नगरे भन्दै इपिएस सङ्घर्ष समितमार्फत उनीहरुले प्रदर्शन गरेका हुन् ।

 

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गरेका छन् । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ ।

 

उनीहरुले ‘कि रोजगारी दिनुपर्‍यो, कि कोरिया जान दिनुपर्‍यो’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

 

प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार